कैलालीको कैलारीमा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको ज्यान गयो

कैलालीको कैलारीमा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको ज्यान गयो

कैलाली। कैलालीको कैलारी गाउँपालिका–३ हुलाकी राजमार्गमा पूर्वबाट पश्चिम आउदै गरेको अनटेस्ट मोटरसाइकलले डल्लबलाई ओभर टेक गर्दा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी धनगढी उपमहानगरपालिका–१९ का अन्दाजी ४० वर्षीय खकेन्द्र चौधरी रहेका छन्।दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।