दोधरा चाँदनीमा प्रहरीको साप्ताहिक सरसफाइ अभियान, कमलशा बाबा मन्दिर तथा बजार क्षेत्रको फोहोर व्यवस्थापन

दोधरा चाँदनीमा प्रहरीको साप्ताहिक सरसफाइ अभियान, कमलशा बाबा मन्दिर तथा बजार क्षेत्रको फोहोर व्यवस्थापन

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधरा चाँदनी नगरपालिकामा नेपाल प्रहरीको आयोजनामा साप्ताहिक सरसफाई अभियान थालेको छ । 

शनिबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सो नगरपालिकाको वडा नम्बर ७ मा रहेको कमलशा बाबा मन्दिर हाता तथा बजार क्षेत्रमा सरसफाइ गरेका हुन् । 

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले कमलशा बाबा मन्दिर समिति र नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखासंगको समन्वयमा सरसफाइ गरेको बताइएको छ । समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले साप्ताहिक रुपमा सरसफाइ गर्दै आएको जनाइएको छ । 

त्यस्तै, नेपाल प्रहरीले मुदायमा बिभिन्न समयमा भइरहने आपराधिक गतिविधि न्यूनीकरण गर्न सहज होस् भन्ने द्येयका साथ नगर क्षेत्रमा रचनात्मक कृयाकलापहरु सञ्चालन गर्दै आएको र त्यहाँका विद्यालयहरुका विद्यार्थीहरुसंग ट्राफिक सचेतना तथा हिंसा न्यूनीकरण सम्बन्धी पनि अन्तरक्रिया गर्दै आईरहेको छ ।