धनगढीमा होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

धनगढीमा होटलमा लगेर किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

धनगढी । कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुरे गाउँपालिका–४ बस्ने ४० बर्षीय नरेश देउवा पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोप छ ।

थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।