नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, कतैकतै आंशिक बदली

नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, कतैकतै आंशिक बदली

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 महाशाखाका अनुसार हाल देशका केही पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सफा  रहेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ ।

 आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम  सफा रहनेछ ।