प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउदै, कञ्चनपुरको सुरक्षा व्यवस्था कडाई

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउदै, कञ्चनपुरको सुरक्षा व्यवस्था कडाई

धनगढी ।  प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुदूरपश्चिम आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

झण्डै २६ वर्षदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सुदूरपश्चिम आइरहेका हुन्।

ओली सोमबार बिहान काठमाडौँबाट हुने श्रीएयरलाइन्सको पहिलो उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ। केहीबेर आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर जाने कार्यक्रम तय भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। प्रधानमन्त्री ओली सोमबार बिहान श्रीएयरलाइन्सको उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ।

केहीबेर आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर जाने कार्यक्रम रहेको बताइएको छ। कार्यक्रम स्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ। प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्।