एसिड आक्रमणबाट मेरो अनुहारमा दाग बनेको होला तर मेरो सपनामा छैनः मुस्कान खातु

एसिड आक्रमणबाट मेरो अनुहारमा दाग बनेको होला तर मेरो सपनामा छैनः मुस्कान खातु

झन्डै डेढ वर्षअघि वीरगन्जमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनशैली अहिले फेरिएको छ। विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा घाइते बनेकी मुस्कान हिजोआज पठनपाठनमा मात्र सीमित नभई विभिन्न सामाजिक कार्यक्रममा पनि सहभागी भइरहको बताउँछिन्।

अहिले नौ कक्षामा पढ्ने उनी आफूजस्तै पीडितहरूको मनोबल बढाउन दौडधुप गर्ने मात्र गर्दिनन्अनलाइनबाट तेक्वान्दोको तालिम पनि लिन्छिन्।

उनी भन्छिन्, "अनुहारको दागले मेरो सपना छेक्न सक्दैन। म निरन्तर मेरो लक्ष्यमा अघि बढिरहेकी छु।"

नयाँ कानुनमा एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म जेल हुने उल्लेख भए पनि एकपछि अर्को घटना हुनुमा जनचेतनाको निकै अभाव भएको उनको चिन्ता छ। -बीबीसी