तीनवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

तीनवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । दिउँसो २२–२४ डिग्री सेल्सियस पुग्ने छ ।

विहान सामान्य हुस्सु देखिए पनि दिउँसो मौसम सफा रहने र साँझ बदली हुने मौसमविद् पौडेलको भनाइ छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य  पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका  पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।