कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा फरार प्रतिवादी पक्राउ

 कञ्चनपुर प्रहरीले अवैध वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  फरार प्रतिवादी जिल्लाको लालझाडी गाउँपालिका– २ का २९ वर्षीय राधा राना भन्ने करन रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उनलाई जिल्ला अदालतको गत वर्षको फागुन १५ गतेको फैसलाअनुसार ६ महिना कैद र ३४ हजार ३ सय ४० रुपैयाँ जरिवाना तोकिएको बताए। 

घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएका रानालाई  जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ।