सधैको अल्छि मान्छे
ढिलो उठ्ने मान्छे
आज माघे संक्रान्ति
सभेरै उठ्नु पर्ने
नुहाउनु पर्ने
कहिलै ननुहाउने फोहोरी मान्छे
मन्दिर जानुपर्ने
नदिमा स्नान गर्नुपर्ने
नदिको चिसो पानीमा
डुबुल्मकी हानियो
डाडाँबाट चलेको सिरसिरे हावाले
शरिरलाई लगलग कमायो
जती जाडो भए पनि
भगनावनको पुजा गर्न
मन्दिर गए
भगवानको प्रथाना गर्दै थिए
ठिक त्यहि समय
अपरिचित युवतिको आगमन भयौ
सुन्दर अनि सुशील भएकि
भगवानको प्रथाना गर्न
मन्दिरमा आएकी
दुबैले संगै भगवानको पाउमा ढोक दियौ
मैले कोरी कन्या मागे
सायद उसले पनि
जवान केटा मागेकी होला
भगवानले पनि गुनासो सुने जस्तो लाग्यो
मन्दिरबाट सगै निस्कीयौ हामी
बाटोमा पनि सगै आयौ
मिठा मिठा गफ गर्दै
परिचयपनि भयो
नजिक साथी भयौ ।
न्जिकै चिया पसल थियो ।
चया पिउने प्रस्ताव गरे
अस्वीकार भएन
होटको टेवलमा दुर्ई कप चिया
अनि उनि र म
उनिले लजालु आँखाले हेरिन
म मुस्कुराई दिए ।
अनि दुई मुटु एक भयो ।
हामी दुई इक भयौ
संयोगले भेट भयो
भगवानले हाम्रो गुनासो सुनिदिनुभयो
माघे संक्रान्तिले मिलाई दियो
र हामी एक जोडी भयौ ।
ठिक यसै समयमा आमा चिच्याउनु भयो
म बिउझै
अनि देखि रहेको मिठो सपना
अधोरोमा नै टुङ्गियो ।।
लेखक हरि प्रसाद भट्ट
धनगढी,कैलाली