प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि ईश्वर पोखरेलको कविताः 'यात्रा'

प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि ईश्वर पोखरेलको कविताः 'यात्रा'

प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कविता सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक गरेको कवितामा लामो यात्राका क्रममा आफूहरुले लड्दै उठ्दै हिँड्न सिकेको आशय प्रकट गर्दै केही असफलता हात लागेपनि जितिछाड्ने उद्घोष गरेका छन् ।
उनले कमजोरीले किचिएर नभएर त्यही कमजोरीलाई पराजित गर्दै लक्ष्यतर्फ अघि बढिरहने पनि आशय प्रकट गरेका छन् ।
उनको कविता यस्तो छः

यात्रा
 
लड्दै उठ्दै / लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।
अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।
अनुभवका पाठशालामा
पढ्दै/ सिक्दै पोख्त बनेका मानिसहरू ।
अनेक लडाईंमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू ।
दुष्चक्र विरूद्धको लडाईंमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू ।
कमजोरीमा किचिएर होइन -
कमजोरीलाई पराजित गर्दै
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू -
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!