प्रतिनिधिसभा पुनःस्थापनाको खुशियाली, विवेकशिल साँझा द्वारा धनगढीमा दिप प्रज्वलन

प्रतिनिधिसभा पुनःस्थापनाको खुशियाली, विवेकशिल साँझा द्वारा धनगढीमा दिप प्रज्वलन

धनगढी ।  विवेकशिल साँझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको आदेश स्वागतयोग्य रहेको भन्दै धनगढीमा दिप प्रज्वलन गरेको छ। 

विवेकशिल साँझा पार्टीले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ को पार्टी कार्यालयमा प्रतिनिधिसभा पुनःस्थापनाको खुशियाली स्वरूप दिप प्रज्वल गरेको हो। सर्वोच्च अदालतले मङ्गबार संसद विघटनलाई बदर गरिदिएको छ। 

नेपालको संविधानको धारा ७६ (१), (७) र ८१ (१) तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संसदीय अभ्यासका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको लागि सिफारिस गरेका थिए।