कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट काठ तस्करीको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट काठ तस्करीको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट काठ तस्करीको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले काठ चोरी मुद्दामा फरार रहेका शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का रबिन्द्र भनिने खगेन्द्र रानालाई पक्राउ गरेको हो।

उनलाई अदालतले २०७६ पुस १२ गते १८ महिना कैद र १५ सय जरिवाना सजाय सुनाएको थियो।

उनलाई मङ्गलबार घर नजिकै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।