कबड्डी खेल्न नमानेको भन्दै बालिकालाई यातना दिने शिक्षक प्रहरी अनुसन्धानको दायरा भित्र

कबड्डी खेल्न नमानेको भन्दै बालिकालाई यातना दिने  शिक्षक प्रहरी अनुसन्धानको दायरा भित्र

कञ्चनपुरमा बालिकालाई यातना दिने शिक्षकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–९मटैनाको बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका शिक्षक खडकसिंह बिष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई कुटपिट गरेका थिए। उनले बालिकाले कबड्डी खेल्न नमानेपछि शारीरिक दण्ड दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसपछि पक्राउ परेका शिक्षक विष्टमाथि बालबालिका सम्बन्धी ऐन २०७५ अन्तर्गत बालबालिका बिरुद्धको कसुर मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानएको छ।