'कमेडी च्याम्पियन सिजन–२' फागुन २१ बाट, उत्कृष्ट २४ प्रतियोगी छनोट

'कमेडी च्याम्पियन सिजन–२' फागुन २१ बाट, उत्कृष्ट २४ प्रतियोगी छनोट

'कमेडी च्याम्पियन सिजन–२' फागुन २१ गतेबाट प्रसारण हुने भएको छ । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले दोस्रो संस्करण फागुन १२ बाट प्रसारण हुने घोषणा गरेको हो ।

आयोजकका अनुसार कमेडी च्याम्पियन का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । ती मध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको थियो ।  

जसबाट उत्कृष्ट २४ प्रतियोगी छनोट भएका छन् । उनीहरूको नाम चाँडै सार्वजनिक गर्ने पनि आयोजक पक्षले जनाएको छ ।

कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ । आयोजक पक्षका अनुसार कमेडी च्याम्पियनका निर्णायकमा यस वर्ष कुनै परिवर्तन भएको छैन । 

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै निर्णायकमा रहने छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले गर्ने छिन् । 

थ्री प्रोडक्सनले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।