कञ्चनपुरबाट लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुरबाट लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर । लागु औषधसहित कञ्चनपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ। 

जिल्लाको वेदकोट नगरपालिका–१० बस्ने २३ वर्षीय पुष्पमणी थापा र ३० वर्षीय महेश बिष्टलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले दोधाराचाँदनी झोलुङ पुलबाट महेन्द्रनगरतर्फ आउने क्रममा से २ प ३० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २ दशमलव ४७ ग्राम खैरो हिरोईन र १ दशमलव १४ ग्राम चरेश सहित दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए। 

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।