ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बोहरा हजारौँ प्रशिक्षार्थीलाई प्रशिक्षण दिदैँ

ट्राफिक नियम सम्बन्धी

धनगढी खबर    

ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बोहरा हजारौँ प्रशिक्षार्थीलाई प्रशिक्षण दिदैँ

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले सवारी चालक अनुमतीपत्रका लागी लिखित परिक्षामा सहभागी भएका प्रशिक्षार्थीहरुलाई ट्राफिक ऐन नियमका बारेमा जानकारी गराएका छन ।

यातायात ब्यवस्था कार्यालय सेतीले आज लिएको लिखित परिक्षामा सहभागि प्रशिक्षार्थीहरुलाई प्रहरी निरिक्षक बोहराले ट्राफिक ऐन नियमका बारेमा प्रशिक्षण दिएका हुन ।

धनगढीमा उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडी स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय बोराडाडीमा   मोटरसाईकल, स्कुटर, कार, टेम्पो, अटो रिक्सा र हेभी ईक्वीप्मेन्ट बर्गको सवारी चालक अनुमतीपत्रका लागी लिखित  परिक्षा भएको हो । उक्त परिक्षामा अन्दाजी २ हजार भन्दा बढी प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराका अनुसार सोही क्रममा उनीहरुलाई जम्मा गरी चालक अनुमतीपत्रको लिखित परिक्षा लिनु पुर्व ट्राफिक ऐन नियमका साथै ओभरटेक गर्दा साईड लाईटको सही प्रयोग, लेन अनुशासन, सुरक्षित सडकको प्रयोग र ट्राफिक संकेतको पालना सम्बन्धी जानकारी दिएका हुन । 

साथै उनले ट्राफिक नियमको पालना गर्न सबैलाई सुझाएका छन । कोरोना संक्रमणका कारण लामो समयदेखि परिक्षा रोकिएकाले अहिले परिक्षा दिने नागरिकहरुको भिड अत्यधिक रहेको छ । 

प्रमुख बोहरा हजारौँ प्रशिक्षर्थीलाई प्रशिक्षण दिदैँ तस्विरमा हेर्नुस् :

May be an image of 1 person, standing, outdoors and treeMay be an image of 2 people, people walking, people standing, crowd and outdoorsMay be an image of one or more people, people standing, motorcycle, tree, sky and roadMay be an image of 5 people, people standing, people walking, people sitting, crowd and outdoors



शनिबार १५, फागुन २०७७ ०३:४१ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस