छतबाट लडेर कञ्चनपुरमा १ महिला गम्भीर घाइते, अवस्था सुधारोन्मुख

छतबाट लडेर कञ्चनपुरमा १ महिला गम्भीर घाइते, अवस्था सुधारोन्मुख

कञ्चनपु । कञ्चनपुरमा छतबाट लडेर १ महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको भीमदत्त नगरपालिका–१७ बासखेडा बस्ने ४२ वर्षीय शान्ति पाण्डे रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शनिबार दिउँसो आफ्नै एकतले घरको छतबाट लडेर घाइते पाण्डे गम्भीर घाइते भएको बताए। महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको छ। अहिले अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।