सावधान ! तपाईंले दिनहुँ गर्ने यी गल्तीले छिटो बिग्रन्छ माेबाइल

सावधान ! तपाईंले दिनहुँ गर्ने यी गल्तीले छिटो बिग्रन्छ माेबाइल

कहिलेकाहीँ हाम्रा ससाना गल्तीका कारण स्मार्टफोन पटक-पटक बिग्रन्छ । यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसलाई अपनाउनुभएमा फोन छिट्टो बिग्रन पाउँदैन ।

-कारको ड्याशबोर्डमा कहिले फोन नराख्नुस् । ड्याशबोर्ड प्रायः तातो हुन्छ र त्यसले गर्दा फोनको ब्याट्रीको क्षमता कमजोर भएर जान्छ ।

-फोनमा कहिल्यै पनि मेटल कभर नलगाउनुस् । मेटल कभरले फोनको एन्टिना ब्यान्डलाई सही तवरमा काम गर्न दिँदैन ।

-नक्कली चार्जर कहिल्यै प्रयोग नगर्नुस् । त्यसले फोन बिगारिदिन्छ । फोन त महंगो किन्नुभएको छ, चार्जरमा किन लोभ गर्नुहुन्छ रु बजारमा सस्तो पाइयो भन्दैमा जे पायो त्यही चार्जर नकिन्नुस् ।

-नक्कली इयरफोन पनि नकिन्नुस् । अर्काको इयरफोन कहिल्यै प्रयोग नगर्नुस् किनकि कुनैको पिन खुकुलो वा सानो हुन्छ । यसले फोनको स्लट नै बिगारिदिन्छ ।

-फोनलाई रातभरि चार्जमा नछोड्नुस् । कुनै कुनै स्मार्टफोनले फुल चार्ज भएपछि आफैं चार्ज लिन छोड्छ तर फोन आवश्यकताभन्दा अधिक चार्जमा कहिल्यै राख्नुहँदैन । त्यसो गर्दा ब्याट्री छिट्टै जान्छ ।

-जथाभावी एपहरू इन्टल नगर्नुस् । सोचविचार गरेर विश्वसनीय एपहरू मात्र इन्स्टल गर्नुहोला । अनि एप चलाउँदा पनि निश्चित स्लटबाट मात्र चलाउनुहोला।