कञ्चनपुरको शुक्लाफाँटामा आगलागी हुँदा २ लाखको क्षति

कञ्चनपुरको शुक्लाफाँटामा आगलागी हुँदा २ लाखको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ दुबाहामा सोमबार आगलागी हुँदा २ लाखको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार स्थानीय धनबहादुर चौधरीको २ कोठे कच्ची गोठमा आगलागी हुँदा क्षति भएको हो।

मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।