पाटेबाघको आक्रमणबाट युवक बेपत्ता, हात्तीको सहायताले खोजिँदै

पाटेबाघको आक्रमणबाट युवक बेपत्ता, हात्तीको सहायताले खोजिँदै

पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् । सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

गेरुवा–६ नौलोवास सामुदायिक नर्सरीमा गोठालो गएका थारुलाई बाघले आक्रमण गरेर बनभित्र लगेको असारे गौडी उपभोक्ता समितिका अध्यक्ष तारा जंग मल्लले बताउनुभयो ।

हात्तीको सहायता बाट अहिले बेपत्ता थारुको खोजी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज बञ्जरिया पोष्टले जनाएको छ ।