बसको ठक्करबाट कञ्चनपुरमा दुईजनाको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा दुईजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। धनगढीबाट महेन्द्रनगरतर्फ जादै गरेको ना४ख १६६४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको हो। 

मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । 

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।