यी तीन प्रदेशमा आंशिक बदली, बाँकीमा मौसम सफा रहने

यी तीन प्रदेशमा आंशिक बदली, बाँकीमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबारबाट प्रि–मनसुनको सिजन सुरु भएको छ । 

आज विहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।