धनगढीको भन्सार रोडबाट १२ वर्षीय बालक हराए

धनगढीको भन्सार रोडबाट १२ वर्षीय बालक हराए

धनगढी । धनगढीको भन्सार रोडबाट १२ वर्षीय बालक हराएका छन्।

बाजुरा स्थायी घर भई हाल परिवारसँगै धनगढीस्थित भन्सार रोडमा बस्दै आएका १२ वर्षीय आदर्श बिष्ट आइतबार बेलुका ५ बजेदेखि बेपत्ता भएका हुन्।

बेपत्ता भएका बालककी आमा सीता बिष्टले स्कूल ब्याग र एक जोड कपडासहित छोरा हराएको बताइन्। उनले छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदनसमेत दिएकी छन्।
उनले आफ्नो छोरालाई कसैले भेटाएमा मोबाइल नम्बर ९८४८५४६०६० र ९८४२१८२६२३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेकी छन्।