बच्चाले आमाको गर्भमा ९ महिनासम्म रहनुपर्ने आममान्यता छ । तर चिकित्सकले दिएको मिति अगावै आमा सुत्केरी भएर बच्चा किन जन्मिन्छन् ? समय अगावै जन्मिएका बच्चामा कस्तो असर देखिन्छ ? यसबारे नयाँ तथ्य सार्वजनिक भएका छन् ।
जलवायु परिवर्तनको असर आमाको गर्भसम्म पुग्ने भएकाले त्यसले बच्चा छिट्टै जन्मिने गरेको तथ्य सार्वजनिक भएको छ । ब्राजिलको अमेजन क्षेत्रमा समय पूर्व नै हुने जन्मबारे ११ वर्षको अवधिमा ३ लाख बच्चामा अध्ययन गरिएको छ ।
ब्रिटेनको लकास्टर विश्वविद्यालय र हेल्थ रिसर्च इन्स्टिच्युटका शोधकर्ताहरूले मिलेर गरेको अध्ययनमा बच्चाको स्वास्थ्यबारे खतरनाक तथ्य बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पर्यावरण परिवर्तनका लागि बच्चा जन्मिँदा कम तौल देखिएको छ । जलवायु परिवर्तनले हुने अत्यधिक वर्षाको असर बच्चामा परेको अध्ययनले देखाएको छ ।
खराब शिक्षा प्रणाली, स्वास्थ्य सुविधाको अभाव, आर्थिक कमजोरीको प्रभाव समेत बच्चामा परेको छ । अध्ययन प्रतिवेदन नेचर सस्टेनेबिलिटी जर्नलमा प्रकाशित भएको छ ।
ब्राजिलमा अत्यधिक वर्षाले मलेरिया जस्ता संक्रामक रोग फैलिने, यसबाट सन्तुलित आहारा र गर्भवतीको मानसिक स्वास्थ्यमा समेत असर गर्ने भएकाले बच्चाको स्वास्थ्य कमजोर हुने गरेको अध्ययनले देखाएको छ ।