विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

दार्चुला । नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेश विनायक माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । एक साता अघिदेखि विद्यार्थीहरु लेख्दालेख्दै र पढ्दापढ्दै एक्कासी बेहोस हुन थालेपछि २ दिनका लागि विद्यालय बन्द गरिएको जनाइएको छ ।

एक साता अघिबाट छात्रामा रुने, कराउने, काम्ने, र बेहोस हुनेजस्ता समस्या देखिएपछि विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक कल्याण सिंह धामीले जानकारी दिए । सुरु सुरुमा कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरुमा यो समस्या देखिएपनि अहिले कक्षा ३ र ४ का छात्राहरु दैनिकजसो एक्कासी बेहोस हुने गरेको उनको भनाइ छ ।

उनले भने, ‘अघिल्लो सातादेखि नै छात्राहरुमा यस्तो समस्या देखिइरहेको छ तर, पछिल्ला दिनहरुमा दिनानुदिन ७÷८ विद्यार्थीहरु बेहोस हुन थालेपछि तत्कालका लागि मंगलवार र बुधवार विद्यालय बन्द गर्ने निर्णय ग¥यौँ ।’

दिनँहु आधा दर्जन विद्यार्थी बेहोस हुन थालेपछि वडा अध्यक्ष, स्थानीय प्रहरी चौकी र विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय पछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु धामाधम बेहोस हुन थालेपछि पठनपाठन समेत प्रभावित भएको छ भने अभिभावक तथा शिक्षकहरु त्रसित बनेका छन् ।