चोरी भएका दुई मोटरसाइकल फेला पारी कैलाली प्रहरीले सम्बन्धित धनीलाई बुझायो

चोरी भएका दुई मोटरसाइकल फेला पारी कैलाली प्रहरीले सम्बन्धित धनीलाई बुझायो

धनगढी । चोरी भएका दुई मोटरसाइकल फेला पारी कैलाली प्रहरीले सम्बन्धित सवारी धनीलाई बुझाएको छ। कैलालीका दुई वटा ठाउँबाट चोरी भएका मोटरसाइलक फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार गोदावरी नगरपालीका ५ का चन्दे रानाले आफ्नो घरको आगनमा राखेको सु.प.प्र. ०१००८ प ८०२७ नम्बरको यामाहा एफजेड मोटरसाइकल चोरी भएको उजुरी दिएपछि प्रहरीले खोजबिन गर्दा धनगढी उपमहानगरपालिका ३ शान्ति सामुदायिक वन नजिक फेला पारेको थियो।

त्यस्तै सोमबार राती धनगढी उपमहानगरपालीका ४ का दिपेश प्रसाद देवकोटाको आफ्नै घरबाट चोरी भएको मोटरसाइकल प्रहरीले सञ्चय कोष कार्यालय नजिक फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। मंगलबार चोरी भएका दुवै सवारी धनीहरुलाई बुझाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।