राष्ट्रपति र उपराष्ट्रपतिले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति र उपराष्ट्रपतिले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ अधिकारीहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । यही फागुन २३ गते उनीहरुलाई कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सांसदहरुले भने आज बुधवारबाटै कोरोना विरुद्धको बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाउन शुरु गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ ।

फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बस्नु अगडी नै कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले प्रबन्ध मिलाएको हो ।