नेपाल टेलिकमको सिम हरायाे ? यसाे गर्नुस्...

नेपाल टेलिकमको सिम हरायाे ? यसाे गर्नुस्...

सामान्यतया हामी जो कोहिले नेपाल टेलिकमको सिम प्रयोग गरेका हुन्छौँ । यदि नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ र ब्यालेन्स सहितको सिम हराएर हैरान हुुनु भएको छ भने अब चिन्ता नगर्नुहोस् । नेपाल टेलिकमले सिमकार्ड हराएमा लक गर्न र त्यसमा रहेको ब्यालेन्स समेत ट्रान्सफर गर्न सकिने बताएको छ । 

सिम हराउँदा यसो गर्नुहोस् :

एनटीसीकाे सिम चोरी भयो वा हरायो भने त्यसमा भएको सिमलाई हामी आफै पनि बन्द गर्न सक्छौँ । तर यसको लागि सिममा भएको सेक्युरिटी कोड थाहा हुनुपर्छ । सिम किन्दा नै सेक्युरिटी कोड नम्बर उपलब्ध गराइएको हुन्छ । अर्को कुनै मोबाइलबाट १४१४ नम्बर डायल गरि आवश्यक निर्देशन अनुसार हराएको सिम बन्द गर्न सकिन्छ ।

सेक्युरिटी कोड नम्बरको सहयोगले ब्यालेन्स ट्रान्सफर गर्न पनि सकिन्छ । त्यसैले सेक्युरिटी नम्बर महत्वपूर्ण हुन्छ । अरुलाई थाहा भएमा नम्बर बन्द गर्ने वा खोलिदिने गर्न सकिन्छ । त्यसैले सेक्युरिटी नम्बर गोप्य राख्नु आवश्यक हुन्छ । 

यदि सेक्युरिटी कोड नम्बर थाहा नभएमा जसको नाममा सिम दर्ता भएको छ उसको नागरिकता लिएर सम्बन्धित स्थानको टेलिकम कार्यलयमा सम्पर्क राख्न सक्नु हुनेछ ।