डोटीमा होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा

डोटीमा होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा

डोटी । जिल्लामा नेपाल टेलिकमले फोरजी वायर लेस (ताररहित) होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा ल्याएको छ । फोरजी वायर लेस (ताररहित) सीममा इन्टरनेट सेवा पाइने भएकाले उक्त सेवा नागरिकसम्म पुर्‍याउनका लागि सञ्चालन ल्याइएको नेपाल टेलिकम दिपायल राजपुरको कार्यालय जनाएको छ ।

डोटी जिल्लाका केही ठाउँबाहेक अधिकांश ठाउँमा वाइफाइ सेवाको इन्टरनेट सेवा नपुगेका कारण फोरजी वायर लेस (ताररहित) होम ब्रोड ब्याण्ड सीमले राम्रो काम गर्ने तथा सेवाग्राहीलाई पनि सहज हुने टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए।

जिल्लाका अधिकांश सर्वसाधारणले वाइफाइ सेवाको पहुँच नपाएका कारण हाल मोबाइलबाटै इन्टरनेट चलाउने गरेका छन् । जिल्लामा सञ्चालन भइरहेको फोरजी वायरलेस सीमले इन्टरनेट चलाउन यहाँका नागरिकलाई निकै सुविधा हुने टेलिकम जिल्ला कार्यालय सिलगढीका निमित्त कार्यालय प्रमुख भीम थापाले जानकारी दिए।

हाल टेलिकमले वितरणसहित सञ्चालनमा ल्याएको उक्त सीममा वाइफाइ जत्तिकै सेवा सुविधा रहेको बताइएको छ । निमित्त कार्यालय प्रमुख थापाका अनुसार यहाँका ग्रामीण भेगमा उक्त सीमको सहयताले ग्राहकले राउटर राखेर अरु मोबाइल र कम्युटरमा पनि ढुक्कले इन्टरनेट चलाउन सक्ने व्यवस्था मिलाइएको छ ।

उक्त सीममा रु ९०० र एक हजार ६०० रुपैँयाको डाटा प्याक रहेको बताइएको छ । टेलिकमका अनुसार ग्राहकले प्रति महिनाको रु ९०० को ६० जिबी र एक हजार ५०० को १२० जिबी डाटा प्याक खरीद गर्न सक्ने छन् । उक्त सीम ९० रुपैयाँमा नेपाल टेलिकमको कार्यालयबाट खरीद गर्न सकिने जनाइएको छ ।