भारतमा २४ घण्टामा १७ हजार ४२५ जनामा संक्रमण, ८६ जनाको मृत्यु

भारतमा २४ घण्टामा १७ हजार ४२५ जनामा संक्रमण, ८६ जनाको मृत्यु

भारतमा १ करोड ११ लाख ५६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख ५६ हजार ७४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ४७१ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख २४ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ७५ हजार ४४ छ ।