नेकपा प्रचण्ड–माधव समूहका नेता निर्वाचन आयोगमा

नेकपा प्रचण्ड–माधव समूहका नेता निर्वाचन आयोगमा

नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह बिहीबार निर्वाचन आयोग पुगेको छ । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन आफूहरु निर्वाचन आयोग आएको नेताहरुले बताएका छन् ।

बिहीबार नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका छन् । पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरु आयोग पुगेका हुन् ।

प्रचण्ड–माधव समूहका नेताहरु देव गुरुङ र पम्फा भुसाल भने बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सिंहदरबारस्थित संसद सचिवालय गएका छन् । प्रचण्ड–माधव समूहले गरेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउन उनीहरु सभामुखसमक्ष गएका हुन् ।