नेपालमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संंक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संंक्रमित थपिए

नेपालमा कोरोनाभाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ७८ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ ।

हाल ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ । हाल ७९५ जना आइसोलेशनमा र ५७ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ७९ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।