गुल्मीको रेसुंगा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । सम्झना गत २९ माघमा बेपत्ता भएकी थिइन् ।
१७ फागुनमा घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको शव फेला परेको थियो । सोही दिन प्रहरी नियन्त्रणमा रहेका बोहराका ससुरासमेत पर्ने खत्रीले प्रहरीसमक्ष हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।
अहिले हत्या मात्रै स्वीकार गरेकोले थप अनुसन्धान भइरहेको पाण्डेयले बताए ।