कैलालीमा ९० वटा खोप केन्द्र मार्फत दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी

अहिले सम्म ११ हजार भन्दा बढीलाई खोप

धनगढी खबर    

कैलालीमा ९० वटा खोप केन्द्र मार्फत दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी

धनगढी । धनगढीमा कोरोना रोग बिरुद्धको खोप अभियान अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न भएको छ । स्वाथ्य कार्यालय कैलालीले बिहिबार सञ्चारकर्मीसंग कोभिड-१९ रोग बिरुद्धको खोप अभियान अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल सरकारले आउँदो फागुन २३ खोप दिन तयारीमा जुटेको छ । त्यही अनुसार स्वास्थ्य कार्यालय कैलाली पनि आगामी २३ गते सबैको लागी कोभिड-१९ रोग बिरुद्धको खोप अभियानमा जुटेको जनाएको छ  ।

स्वास्थ्य कार्यालय कैलालीले अन्तरक्रियामा कोभिड-१९ रोगको बिरुद्ध खोपको औचित्य तथा प्रभावको बारेमा जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले दोस्रो चरणको कोरोना बिरुद्धको खोपमा ५५ वर्ष उमेरका सबै जेष्ठ नागरिक, सामुदायिक तथा संस्थागत बिद्यालयका सबै शिक्षक तथा शिक्षीका तथा पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई खोप लगाईने जानकारी दिए ।

खोप लगाउन आउँदा नागरिकता वा मतदाता परिचय पत्र वा लाइसेन्स जस्ता परिचय पत्र बोकेर आफुलाई पायक पर्ने खोप केन्द्रमा आउन समेत स्वास्थ्य कार्यालय कैलाली सबैलाई आह्वान गरेको छ । उनका अनुसार कैलालीका चार ठाउँबाट दोस्रो चरणको खोप लगाउने तयारी भईरहेको जनाएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका, लम्कीचुहाँ नगरपालिका, टिकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट आगामी फागुन २३ गतेबाट खोप सुरु हुने कार्यालयका प्रमुख धामीले जानकारी दिए । पहिलो चरण अन्र्तरगत अहिले सम्म ११ हजार भन्दा बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाईएको छ । 

कोभिड-१९ रोग बिरुद्धको खोप ९ कोभिशील्ड भ्याक्सीन० लगाउदा स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर नपर्ने बताईएको छ । फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन गर्ने सरकारको तयारी छ ।



बिहिबार २०, फागुन २०७७ ०४:५९ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस