बैतडीमा ९० प्रतिशत आपराधिक घटनाका कारण मदिरा सेवन !

बैतडीमा ९० प्रतिशत आपराधिक घटनाका कारण मदिरा सेवन !

बैतडी । बैतडीका  भएका आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण देखिएको छ । नागरिक सुनुवाइ कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुनेगरेका छन् । उनले भने, “ नब्बेप्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन् ।”

दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलमासमेत  मदिरा बिक्री हुने गरेको स्थानीयवासीले गुनासो गरेका थिए । मदिरा बिक्रीवितरण तथा सेवन रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने प्रहरीको जोड छ ।

चेतनाको कमीका कारणले पनि आपराधिक घटना बढिरहेका प्रहरीले जनाएको छ । अन्य सहभागीले युवापीढिका लागि मनोपरामर्श जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोलटोलमा हुने गरेका जुवातास र अवैध मदिरा बिक्री वितरण तथा सेवनलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिएका थिए  ।

जिल्लाका सबै स्थानीय तहमा प्रहरी नागरिक सुनुवाइ गर्ने कार्यक्रम रहेको छ । हालसम्म पाटन र मेलौली नगरपालिकामा सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि केही दिनमै निरन्तर रुपमा कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ ।