कैलालीमा राना हत्या प्रकरण : मुख्य योजनाकार महिला प्रहरीद्धारा सार्वजनिक

कैलालीमा राना हत्या प्रकरण : मुख्य योजनाकार महिला प्रहरीद्धारा सार्वजनिक

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटाका शिवचरण रानाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न भएको आरोपमा जयन्ती चौधरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यलय कैलालीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार ती युवतीले रानाको हत्या योजना बनाएको भन्दै प्रहरी समक्ष समेत बयान दिएकी छन । बयानका क्रममा विगत केही महिनादेखि मृतक रानाले मानसिक तनाव दिइरहेको भन्दै उनले हत्याको योजना बनाएको बताएकी छिन् ।

प्रहरीका अनुसार हत्यामा संलग्न दुई जना भने फरार छन् । उनीहरुको खाजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।राना फागुन १५ गते कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा मृत फेला फेला परेका थिए ।