ट्राफिक प्रहरी कार्यालय कैलालीद्धारा धनगढी बजारका विभिन्न ठाउँमा सचेतनामुलक होडिङ बोर्ड

ट्राफिक प्रहरी कार्यालय कैलालीद्धारा धनगढी बजारका विभिन्न ठाउँमा सचेतनामुलक होडिङ बोर्ड

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीद्धारा धनगढी बजारका मुख्य मुख्य ठाउँमा ट्राफिक सचेतना मुलक होडिङ बोर्ड राखेको छ । सवारी दुर्घटना न्युनिकरणका लागी चटकपुर, ट्राफिक चौराह र महालक्ष्मी बैंक अगाडी ट्राफिक प्रहरीले होडिङ बोर्ड राखेको हो ।

ट्राफिक सचेतना मुलक विभिन्न नारा सहित बजारका मुख्य मुख्य ठाउँमा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

प्रभावकारी ट्राफिक व्यवस्थापन तथा  सवारी दुर्घटना न्युनिकरणका लागी लेन अनुशासन पालना गरौ, सुरक्षित सडकको प्रयोग गरौ, ट्राफिक संकेतको पालना गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔ, तिब्र गतिमा सवारी नचलाऔ, ट्राफिक नियमको पालना गरौ लगायतका नाराहरू समाबेश गरि होडिङ बोर्ड राखिएको उनले बताए ।

सवारी चालक, परिचालक र सर्बसाधारणहरुमा ट्राफिक सचेतना अभिबृद्धी गर्ने उदेश्य सहित ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

May be an image of 4 people, people standing and road