कञ्चनपुरमा दोहोरो भिडन्तमा गोलि चल्दा एकजना मारिए

धनगढी खबर    

कञ्चनपुरमा दोहोरो भिडन्तमा गोलि चल्दा एकजना मारिए
फाइल तस्विर

कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिकको ज्यान गएको छ । 

बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भारतीय तस्करबाट नेपालमा लागु औषध ल्याउन लागेको सूचना आएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन भएको बताए ।

‘हाम्रो टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाए, ‘प्रंवक्ता थापाले भने, ‘जवाफी कार्बाहीमा एक भारतीय तस्करमाथि गोली लाग्यो, उनी घाईते भए, उपचारका लागी अस्पताल लैजादै गर्दा उनको मृत्यु भयो।’दोहोरो गोली हानाहानमा नेपाल प्रहरी तर्फ एक जना समेत घाईते भएको प्रवक्ता थापाले बताए ।

‘हाम्रो प्रहरीको पनि एक जनाको खुट्टामा चोट लागेको छ, ‘उनले भने, ‘घटना बारे थप बुझ्न आफै घटना स्थल जाँदैछु ।’ प्रहरीले घटना स्थलबाट लागुऔषध सहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ । 



बिहिबार २०, फागुन २०७७ ०८:२७ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस