कञ्चनपुरको गड्डाचौकी नाकामा आजदेखि सहज आवागमन

कञ्चनपुरको गड्डाचौकी नाकामा आजदेखि सहज आवागमन

कञ्चनपुर । कञ्चनपुरको भारतसँग जोडिएको मुख्य सीमा नाका गड्डाचौकीमा झन्डै एक वर्षपछि आजदेखि निर्बाध रुपमा आवागमन सुचारु भएको छ ।

आजदेखि नेपाल आउने भारतीय नागरिक र भारत जाने नेपाली नागरिकले कुनै स्वास्थ्य परिक्षण लगायत अन्य प्रक्रिया विना अवरोध सहजै आवतजावत गर्न सक्ने छन् । दुवै देशका सवारी साधन भने तिन दिनपछि मात्र सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

लामो समयपछि सहजै नेपाल भारत आवागमन सुचारु भएपछि दुवै देशका नागरिक खुसी भएका छन् । सीमा नाका खुला भएसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी अब सहज आवतजावत गर्न सक्ने छन् ।

नाका खुले भए पनि तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको प्रशासनले जनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो ।