लुकाईछिपाई राखको सालको काठसहित कैलालीमा ४ जना पक्राउ

लुकाईछिपाई राखको सालको काठसहित कैलालीमा ४ जना पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२ नकफोरुवास्थित घरमा लुकाईछिपाई राखको सालको काठसहित ४ जना पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय सुखडले सोहि ठाउँका ४१ वर्षिय राजाराम चौधरी, ३७ वर्षिय राजकुमार चौधरी, ४२ वर्षिय कृष्ण चौधरी र ३२ वर्षिय सितल चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घरमा अवैध रुपमा लुकाई राखेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय सुखड र सव डिभिजन वन कार्यालय सुखडको संयुक्त टोलीले सालको ८ गोलीया एक सय ९ दशमलव ७३ क्युफिट काठ बरामद गरेको हो। पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि वन डिभिजन कार्यालय सुखडमा बुझाएको प्रहरीले जनाएको छ।