धनगढीको फर्निचर उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

धनगढीको फर्निचर उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

धनगढी ।  धनगढीमा फर्निचर उद्योगमा आगलागी भएकाे छ। उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक फर्निचर उद्योग र शोरुममा आगलागी भएको हो।  आगो नियन्त्रणमा लिने प्रयास भै रहेको भए पनि यो समाचार तयार गरुन्जेल नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । उद्घाटन समेत भै नसकेको फर्निचर उद्योगमा आगलागी भएको हो । आगलाागी बाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ ।  विस्तृत विवरण आइरहेको जनाइएको छ।