पलभरमै खरानीभयो भोजराजको सुदूरको सेवागर्ने सपना !

पलभरमै खरानीभयो भोजराजको सुदूरको सेवागर्ने सपना !

धनगढी । आज धनगढीमा उद्धघाटन हुन नपाउँदै आलोक मल्टी कन्सर्न उद्योगमा आगलागी भएको छ । त्यो  उद्योगमा लागेको आगोले उद्योग संगसगै लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टको करोडौं पैशा र पशिना अनि व्यवसायमार्फत समग्र सुदूरपश्चिम प्रदेशलाई सेवागर्ने सपना समेत खरानि भएको छ । 

भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्रीलाई विस्तावित गर्न उद्देश्य थियो उनको । तर कुन बैरीको आखा लाग्यो खै उनको मेहेनत, पैशा अनि सपना पलभरमै धुवा संगै अनियन्त्रित गतिमा विलिन भएका छन् । 

हाउस डेकुरेसन संगसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्धेशय बोकेका भट्टले धेरै सेवाग्राहीले घरभित्रको डिजाइन कस्तो राख्ने ? वास्तुशास्त्र अनुसार कुन दिशामा वेड, किचन, बाथरुम, ट्वलेट राख्दा शुभ मानिन्छ यी सबै पक्ष, अर्थात प्रश्नहरु मा समेत ग्राहकहरुलाई सन्तुष्ट गराउने भट्टको उद्धेश्य चक्नाचुर भएको छ । अकाल्पनीक घटनाले विच्छिप्त बनाएको छ । उनलाई ।