महेन्द्रनगरमा प्रहरी जवानको परिक्षा दिने २२ जना नक्कली परिक्षार्थी पक्राउ

महेन्द्रनगरमा प्रहरी जवानको परिक्षा दिने २२ जना नक्कली परिक्षार्थी पक्राउ

कंचनपुर,२२ फागुन । कंचनपुरको महेन्द्रनगरमा प्रहरी जवानको परिक्षा दिने २२ जना नक्कली परिक्षार्थी पक्राउ परेका छ्न । पक्राउ पर्नेहरुमा कैलाली गाउपालिका ३  का अबिनास चौधरी , मार्ना गाउपालिका ३ दार्चुलाका गोकुल धामी, मष्टा गाउपालिका ४ दार्चुलाका अजय कठायत ,तल्कोट गाउपालिका ४ बझाङका लोक राज जोशी, मार्मा  गाउपालिका ६ दार्चुलाका दिनेश महरा,कैलाली गाउपालिका ६ का लेखराज चौधरी,धनगढी उप महानगरपालिका ४ कैलालीका बिपिन चौधरी ,धनगढी उप महानगरपालिका ५  कैलालीकै लक्ष्मण चन्द, तल्कोट गाउपालिका १ बझाङका दिनेश खाती, मष्टा गाउपालिका ३ बझाङका बलराम कठायत र ४ का कमल कठायत, कैलाली गाउपालिका ३ कैलालीका बिषाल चौधरी , टिकापुर नगरपालिका २ कैलालीका सागर बोहरा,धनगढी उप महानगरपालिका ५ कैलालीका सागर बहादुर देउपा, तल्कोट ३ बझाङका नबिन जोशी,थलारा गाउपालिका ३ बझाङका शिवराज नेपाली,दुर्गाथलि गाउपालिका ५ का कृष्ण कठायत, तल्कोट  गाउपालिका ३ बझाङका नबिन जोशी,जनबासा गाउपालिका ७ बझाङका बिक्रम बोहरा, मष्टा गाउपालिका ४ बझाङका प्रबिन कठायत , बु.न.पा.७ बझाङका बिमल बोहरा र ज.न.पा.८ बझाङका जिबन बोहरा रहेका छ्न।

 

कंचनपुर प्रहरीले शनिबार लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुमा संचालन भएको प्रहरी जवान (खुल्ला तथा समाबेशी) जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परीवर्तन गरी हस्ताक्षर समेत कृर्ते गरेको अवस्थामा पक्राउ गरेको हो। यसरी किर्ते गरि नक्कली  परीक्षार्थी बनेर परीक्षा दिने २२ जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक अमर बहादुर थापाले बताए ।