सुदूरपश्चिबाट एन्फा एकेडेमीका लागि १२ जना खेलाडी छनौट

सुदूरपश्चिबाट एन्फा एकेडेमीका लागि १२ जना खेलाडी छनौट

सुदूरपश्चि प्रदेशबाट एन्फा एकेडेमीका लागि १२ जना खेलाडी छनौटमा परेका छन् । 

अखिल नेपाल फुटवल संघ (एन्फा)को निर्धारित वार्षिक कार्यतालिका अनुसार एन्फा एकेडेमिका लागि सुदूरपश्चिम प्रदेशबाट १२ जना खेलाडी छनौटमा परेका हुन् । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लवको खेलमैदानमा खेलाडी छनौट प्रतियोगिताबाट एकेडेमिका लागि यू–१३ का १२ जना खेलाडी छनौटमा परेका छन् ।

जसमा कञ्चनपुरका मौसम रोकाया, कैलालीका कृष्ण रोकाया, उमेश कडायत, गोविन्द विष्ट, रेशम सिंह, तिलकहरी कुँवर, कृष्ण चन्द, गौरव प्याकुरेल, सृजन सि, आशिष महतरा र गोल रक्षकमा कैलालीका राम बहादुर बोहरा र सागर चन्द छनौट भएका बताइएको छ ।

एन्फाले २०७८ सालदेखि क्लवहरुसंग सहकार्य गरी एकेडेमि सञ्चालन गर्ने भएको छ । जसका लागि १३ वर्षभन्दा कम उमेरका खेलाडी छनौट गरिरहेको जनाइएको छ ।