दीपेन्द्र सिंह ऐरीको पहिलो शतक

दीपेन्द्र सिंह ऐरीको पहिलो शतक

दीपेन्द्रसिंह ऐरीले प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रले मेयर कप एक दिवसीय क्रिकेट अर्को विभागीय टोली एपीएफ क्लबविरुद्ध शतक प्रहार गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका उप-कप्तानसमेत रहेका दीपेन्द्रले क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन् । १२० बलमा ८ चौका र ३ छक्काको सहयोगमा शतक पूरा गरेका थिए ।

पहिलो खेलमा रोमाञ्चक जित निकालेको पुलिसले दोस्रो खेलमा पनि सोहि किसिको जित निकाल्ने योजना बनाएको छ । यता एपीएफले पनि आफ्नो पहिलो खेलमा आर्मीलाई पराजित गरेको थियो ।