डडेल्धुरामा ९ हजार बढी ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप

डडेल्धुरामा ९ हजार बढी ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप

डडेलधुरा । डडेलधुरामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही २३ फागुनदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका ७ वटा स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । 

जिल्लाका २ वटा नगरपालिका तथा ५ वटा गाउँपालिकाबाट झन्डै ९ हजार ४ सय २१ जना ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले बताए ।

उनले २६ फागुनसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताए ।

खेप लगाउन ५२ स्वास्थ्यकर्मी र ५२ जना स्वयंसेवकलाई खटाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । अजयमेरु र अमरगढीमा २५(२६ फागुनसम्म खोप लगाइनेछ भने अरू स्थानीय तहमा २३ फागुनबाट लगाउन थालिएको छ ।