प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

संघीय संसद्‌अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक आइतबार बेलुकी ५:१० बजेपछि सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १४ गते आज (आइतबार) का लागि संसद्को अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले बैठक आह्वान गरेकी थिइन् ।