अध्यादेशको विरोध गर्दै कांग्रेस सांसदद्वारा संसदमा नाराबाजी

अध्यादेशको विरोध गर्दै कांग्रेस सांसदद्वारा संसदमा नाराबाजी

नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद्को अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् ।

उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् । कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।