सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको फैसलापछि कानुनविद्हरुसँग सिंहदरबारमा छलफलमा रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा नेकपाको एकीकरण नै खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादीलाई ब्यूँताइदिएर राजनीतिक जटिलता बढाएको छ ।