सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा नारी दिवसको शुभकामना व्यक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा नारी दिवसको शुभकामना व्यक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

 मुख्यमन्त्री भट्टले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिनुहुदै जनसंख्याको आधा हिस्सा भन्दा बढी ओगटेको महिलाहरुले हरेक क्षेत्रमा समान अधिकार पाउने विश्वास समेत व्यक्त गर्नुभएको छ ।  

शुभकामना सन्देश मार्फत देश, विदेश तथा प्रदेशमा रहेका सम्पूर्ण दिदी वहिनीमा शुभकामना ब्यक्त गर्दै भनिएकाे छ- ‘संविधानले लैङ्गिक भेदभाव विना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तकाे अधारमा सहभागी हुने हक सुनिश्चित गरेकाे भएपनि अझै समाजिकरुपमा देखिएका विकृति, विसंगति र महिलामाथि गरिने भेदभाव अन्त्यकालागि सामाजिक न्यायसहित रुपान्तरणकाे अभियानमा सहभागी हुन आग्रह गर्दछु।’

मुख्यमन्त्री भट्टले अगाडी भनेका छन- ‘क्षतिपूर्ति स्वरुप थप अधिकारकालागि अवसर प्रदान गर्दै महिला दिदी वहिनीहरुमा सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दिर्घायुकाे कामना गर्दछु ।’